September 16, 2024, 7:14 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

निफ्राको १० लाख कित्ता सेयर लिलामी बिक्री खुला

साउन ८, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ ।

बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले  आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रतिक्रिया