January 5, 2025, 3:26 am
» एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै » इँटा व्यवसायी प्रसाईंको शव गाडेको अवस्थामा फेला » Agriculture Ministry estimates 5.9 million metric tonnes rice yield » रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि » देशभरको तापक्रम घट्दै, तराईमा बाक्लो हुस्सु

विद्यार्थीले गरेको पुस्तान्तरण ऐतिहासिक कदम हो : जनार्दन शर्मा

पुस १५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं– विद्यार्थी संगठनमा उमेर हद लागू हुने भएपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले यसको स्वागत गरेका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। जसमा परिणाम ३२ वर्षे उमेर हद लगाउनुपर्नेको पक्षमा आएको संगठनको केन्द्रीय निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले घोषणा गरे ।

त्यसपछि  शर्माले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै एजेन्डासहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य भएको बताउँदै विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदमलाई स्वागत गरेको बताएका छन् ।

उनले यो निर्णयले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेटेको पनि तर्क गरेका छन् ।उनले लेखेका छन्,- ‘पार्टी निर्माण गर्ने बाटो आफै जोखिमपूर्ण छ, तर इमानदार प्रयत्न, विधि पद्धति र विचारको स्पष्टता सहित लागेमा यो सम्भव छ। पार्टी सुधारको लागि गरिने प्रयत्न न फुट, विभाजनको लागि हो न त सत्ता प्राप्तिको लागि । बरु इमानदारी साथ भन्न चाहन्छु, म नियमित राजकीय जिम्मेवारीमा गएर पार्टी निर्माण गर्ने कार्य कमजोर बनाउने छैन। एजेन्डा सहित पार्टी निर्माण गर्दै सक्षम र सुदृढ पार्टी नयाँ पुस्तामा हस्तान्तरण एक मात्र उद्देश्य हो। विद्यार्थी संगठनले गरेको पुस्तान्तरण ऐतिहासिक र क्रान्तिकारी कदम हो। यसले झन्डै चालीस लाख मतदाताको मनोविज्ञानलाई समेट्ने छ।’

प्रतिक्रिया