काठमाडौं, भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने ४९ वर्षीय गंगालाल श्रेष्ठ समेत १३ जनालाई नगद ६ लाख १ हजार ६ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटारस्थित झम्क बहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने रामेछाप सुनपति गाउँपालिका-४ घर भएका ४३ वर्षीय लाल बहादुर तामाङ लगायत ११ जनालाई नगद ७५ हजार ४ सय रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काभ्रे, धुलिखेल नगरपालिका-६ स्थित नर्थपोल होटलमा जुवातास खेलिरहेका होटल संचालक सोही नगरपालिका-११ बस्ने २६ वर्षीय दिपेन्द्र धिताल लगायत ८ जनालाई नगद १ लाख ५७ हजार नेपाली रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार ९ सय १०, युएस डलर १९, युरो ३०, अस्ट्रेलियन डलर १०, युएई धिराम १० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने ५० वर्षीय गणेश कतिला श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा निज गणेश लगायत ८ जनालाई नगद ५९ हजार २ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!