December 28, 2024, 1:16 pm
» आगो ताप्ने क्रममा सामान्य विवाद, एकको मृत्यु » टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह » सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन » पच्चीस न्यायाधीशको सरूवा सिफारिस » काठमाडौँसहित देशभर मौसम बदली, आगामी २४ घण्टाका लागि चेतावनी

शोभा पाठक साधारण तारेखमा रिहा

पुस १२, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठक साधारण तारिखमा  छुटेकी छन् ।

साइबर अपराधको कसूरमा पुस १ गते समातिएकी उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले छोड्न आदेश दिएको हो । उनले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै राजकुमार त्रिपाठीले गत मंसिर २८ गते जाहेरी दिएका थिए ।

सोही उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ परेकी उनीमाथि साइबर अपराधसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको थियो । तर, उनले भने आफूलाई बस्नेतले षड्यन्त्रपूर्वक फसाएको दाबी गर्दै आएकी छन् ।

एक समय लिभिङ टुगेदरमा बसेका बस्नेत र पाठकबीच पछिल्लो समय आरोप–प्रत्यारोप चलिरहेको छ । गुप्तरुपमा अघि बढेको सम्बन्ध बाहिर आएपछि शुरु भएको विवाद मुद्दा–मामिलाको तहमा पुगेको हो ।

प्रतिक्रिया