-दीनबन्धु अर्याल
नाशपाती तथा स्याउ आप अम्बा र ओखर
आल्चा अनार आरु औ सुन्तला भोगटे लिची
चाक्सी कटहरै ज्यामीर् जुनार जात जात का
फल का वृक्ष शोभिन्छन् उद्यान वन मा पनि
साल शिशौ तथा चाँप काठ निम्ति प्रसिद्ध छन्
सल्लो बाहिर राखिन्न पानी ले गाल्छ कि भनी
टुनी कुटमिरो राख्ने भरेङ निम्तिख्यात छन्
सामान्य रूख हुन्छन् दाउरा काठ आदिमा
दर्ता श्रेता छ जस्को त्यो रूख को तेही हो धनी
सर्कारी वन मा रित भाँत दस्तूर ले किनी
रूख या काठ को काम लिन्छन् धनी र मानी ले
रूख को धनी ले लिन्छ फल फूल र पात भने
बटुवा ले पनि लिन्छन् छाया त्यो हक हो भनी
छाया मा हक पुग्ने हो दर्ता श्रेस्ता नभै पनि
यस बिषयमा तपाइको प्रतिक्रिया...!