विजय थापा, युएसए, गत शुक्रबार मे १७ का दिन एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन द्वारा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ पटक गिनिज वर्ल्ड रेकर्ड उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ ।
वाको युएसए को उक्त प्रतियोगितामा पोइन्ट फाइट (अंक युद्ध ) र ७४ केजी तौल भन्दा माथी ब्लाक बेल्ट(कालो फित्ताधारी) प्रदर्शनमा खेलमा उज्ज्वल ठकुरीले रजत पदक हासिल गरेका हुन् ।
उनि २९ बर्षिय मिलर ओमारी संग पराजित भएका थिए । नासका अन्तर्गत राखिएको वाको युएसए खेल भनेको वर्ल्ड एसोसिएसन अफ किक बक्सिङ्ग अर्गनाईजेसन हो । त्यसै गरि ठकुरीले नासकाको सृजनात्मक कातामा कास्य पदक हासिल गरेका छन् ।
ठकुरी भन्छन हार जित भैरहन्छ, म ४४ बर्ष उमेर भएकोले २९ बर्ष को युवा संग खेल्न मज्जा आएको बताए । उनले भने दुइ चोटी ढाल्न पनि पाएको बताए ।
यो अंकको खेलमा ढाल्न पाईदैन र जसले ढाल्छ खेल उसैले हार्छ । आफू अलिक उत्तेजित थिए, अलिक नियन्त्रण गरेको भए खेलले बाजी मार्न सक्थे उनले भने ।
नेपाली मूलका मध्ये अमेरिकामा वाको खेल्ने र रजत ल्याउने सम्भवत आफू भएको बताए । पदक नजिती ओलम्पिकमा भाग लिंदैमा ओलम्पियन बन्ने आफ्नो रहर छैन उनि भन्छन ।
ठकुरी भन्छन, म आफ्नो शरीर जिउदो रहुन्जेल, हात खुट्टा चलुन्जेल खेल खेलिराख्ने इच्छा भएको बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!