December 25, 2024, 7:26 am
» वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने : सोमप्रसाद पाण्डे » दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत » सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? » जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला » Kathmandu Valley to see partial changes in weather condition

सहकारी ठगी प्रकरण : छविको बयान आज सकिने, त्यसपछि रविको पालो

पुस ९, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै सोमबारबाट बयानको प्रक्रिया सुरु भएको हो ।

हिजो गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ ।

जोशीको बयान बाँकी नै रहेको र आजपनि उनीसँग बयान लिइने बताइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ ।

सोमबार बयायनका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो ।

जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ ।

न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३/४ दिन लाग्न सक्ने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया