December 25, 2024, 7:23 pm
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने : सोमप्रसाद पाण्डे

पुस १०, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एसका सचिव सोमप्रसाद पाण्डेले वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने बताउनुभएको छ ।

संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको सरकार बलियो भएकाले चाहेमा विकासका हिसावले सिंगापुर, जापानजस्तो बनाउन सक्ने नेता पाण्डेको विश्वास रहेको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका सचिव पाण्डेले सरकारले मुलुकको संवृद्धिको लागि बाटो बनाउन खोज्छ, जनताको हितमा काम गर्छ भने अहिले प्रतिपक्षमा रहेको आफ्नो पार्टी नेकपा एसले पूर्णरुपमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै संविधान संशोधनमा पनि आफूहरुको पूरा साथ र समर्थन रहने उहाँको भनाइ छ ।

यस्तै नेता पाण्डेले ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतम छिट्टै नेकपा एसमा समाहित हुने बताउनुभएको छ ।

गौतम सुरुदेखि नै नेकपा एसमा आउन चाहेको बताउँदै उहाँले केहि प्रस्तावहरु र सोचहरुमा सहमति भएर छिट्टै प्रवेश गर्ने नेता पाण्डेको भनाइ छ ।

केहि दिन अगाडि मात्रै पनि नेकपा एसका अध्यक्ष माधव नेपाल र गौतमबीच भेटवार्ता भएको थियो ।

नेपा एसको हालै सम्पन्न स्थायी कमिटी बैठकमा ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई आफ्नो पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने विषयमा छलफल भएको छ ।

गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।

 

प्रतिक्रिया