December 25, 2024, 8:00 am
» चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता » वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने : सोमप्रसाद पाण्डे » दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत » सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? » जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

हुम्लामा हिमपात, जनजीवन प्रभावित

पुस ९, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

हुम्ला– हुम्लामा हिमपात भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले गएरातिदेखि जिल्ला सदरमुकाम सिमकोटलगायत क्षेत्रमा हिमपात सुरु भएको जानकारी दिए ।

पाण्डेयका अनुसार सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।

जिल्लामा हिमपात भएसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको प्र्रजिअ पाण्डेयले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।

जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

प्रतिक्रिया