December 23, 2024, 5:21 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

महोत्तरी कारागारमा हृदयघातबाट थुनुवाको मृत्यु

पुस ७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

महोत्तरी– महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ ।

लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो ।जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्‍याइएको थियो । हृदयघातबाट निजको मृत्यु भएको चिकित्सकले जनाएका कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया