December 20, 2024, 7:51 pm
» नवलपरासीको सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर » काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस » अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं » रुसबाट ५०३ जनाको शव फिर्ता भएको किएभको दाबी » उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रुपान्तरणमा लागेका छौँः मन्त्री पाण्डे

पुस ५, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

चितवन,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन ।

नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।” पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ ।

उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ ।”

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताउनुभयो ।

नागरिक उड्ययन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग–अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिनुभयो ।

नेपाल एयरलाइन्सकोे एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर  सञ्चालन गर्नेगरी काम भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया