February 24, 2025, 7:45 am
» मन्त्रिपरिषद्को बैठक बस्दै » ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस

पुस ५, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको छ।

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको प्रक्रिया पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै महानगरले गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको हो। गुरागाईँमाथि थप अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा सिफरिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले बताए।

शुक्रबार महानगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको बताए।यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने उहाको भनाइ छ।

प्रतिक्रिया