February 24, 2025, 7:06 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

पुस ५, २०८१ मा प्रकाशित | १०१०दर्शक तीव्रखबर

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चको आदेशपछि रिहा गरिएको हो।

न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिइएको थियो।

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करविरुद्धको लडाईं जारी रहने बताए। उनले आफूलाई अदालतले न्याय दिएको बताए। उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको बताए।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो।

प्रतिक्रिया