December 20, 2024, 6:22 pm
» नवलपरासीको सुनवलमा सवारी दुर्घटना, २२ घाइते, ६ जना गम्भीर » काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस » अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं » रुसबाट ५०३ जनाको शव फिर्ता भएको किएभको दाबी » उपत्यकामा पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु, ३५ घाइते

पुस ५, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

नयाँ दिल्ली,  : भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जयपुर-अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भन्नुभयो, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।”

आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया