नुवाकोट : नुवाकोटको ककनीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ। ककनी गाउँपालिका-३, स्थित न्यौपानेगाँउमा रहेको एक इट्टा उद्योगमा कार्यरत ४१ वर्षीय प्रकाश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
पेट दुख्यो भनेर छटपटिएका दाङको घोराही उपमहानगरपालिका-१९ घर भएका सुनारको काठमाडौं वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया