February 23, 2025, 3:03 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

बाल अस्पतालको पूर्वाधार सुधारका लागि विदेशी राजदूतलाई मन्त्रीको आग्रह

पुस ३, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

बालबालिकाको उपचार गर्ने मुलुकको एकमात्र सरकारी अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार सुधारका लागि सरकारले विदेशीलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त अस्पतालको पूर्वाधार विकासमा सहयोग गर्न कतार सरकारसँग अनुरोध गरेका हुन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा उनले कान्तिको भौतिक पूर्वाधार निर्माणमा सहयोगको अपेक्षा राखेको बताए ।

अस्पतालको सेवा विस्तारका लागि मन्त्रालयले भवनसहितका संरचना निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । यसै सन्दर्भमा स्वास्थ्यमन्त्रीले कतारी सहयोगको अपेक्षा गरेको बताइएको छ ।

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार कतारी राजदूतले नेपालसँगको सम्बन्ध विस्तारलाई आफ्नो मुलुकले प्राथमिकतामा राखेको बताउँदै पारस्परिक सहयोगका क्षेत्र बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया