December 18, 2024, 8:02 pm
» घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान पक्राउ » बाल अस्पतालको पूर्वाधार सुधारका लागि विदेशी राजदूतलाई मन्त्रीको आग्रह » इट्टाभट्टामा काम गर्ने प्रकाश को मृत्यु » परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान » मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन

मोजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

पुस ३, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

एजेन्सी – मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ ।

मंगलबार जारी गरिएको प्रारम्भिक तथ्यांकले आइतबार मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा अवतरण गरेपछि चक्रवातले ३४ जनाको ज्यान लिएको बताएको छ ।

अद्यावधिक गरिएको सङ्ख्यामा केन्द्रले काबो डेलगाडोमा ३८ जना, नाम्पुला प्रान्तमा चार जना र भित्री नियासामा थप तीन जनाको मृत्यु भएको बताएको छ । एकजना व्यक्ति बेपत्ता भएका छन् ।

चक्रवातले प्रतिघन्टा करिब २६० किलोमिटरका हावाका साथै २४ घन्टामा करिब २५० मिलिमिटर वर्षा ल्याएको थियो । करिब ५०० जना घाइते भएका छन् ।

चक्रवातबाट करिब २४ हजार घर पूर्ण रूपमा र अर्को १२ हजार तीन सय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । कूल एक लाख ८१ हजारभन्दा बढी मानिस यस चक्रवातबाट प्रभावित भएका छन् ।

चिडोले नियमित रूपमा चक्रवातहरू आउने र सङ्घर्ष तथा विकासको कमीका कारण पहिले नै कमजोर अवस्थामा रहेको उत्तरी मोजाम्बिकको भागलाई प्रभावित गरेको छ ।

हिन्द महासागरको टापु मायोट्टेमा ठोक्किएपछि चक्रवात मोजाम्बिकमा अवतरण भयो । यसले यहाँ सयौँ र सम्भवतः हजारौँ मानिसहको ज्यान लिएको आशंका गरिएको छ।

प्रतिक्रिया