December 23, 2024, 4:32 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री

मंसिर २८, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विद्युत बिस्तार, खानेपानीलगायत बिस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताएका हुन् ।

केही मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई ओझेलमा पार्न नहुने भन्दै उनले विकासका कामलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरे ।

उनले अहिले असभ्यताको प्रवृत्ति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने धारणा राखे ।उनले राष्ट्रिय एकता कायम गरी देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पारे  । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया