December 23, 2024, 5:39 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

भीडतन्त्रले रविलाई न्याय दिँदैन, एक्लाएक्लै निर्वाचन लड्न जनताको सन्देश

मंसिर २८, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं, २८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान सहित गृहमन्त्री रहेका रवि लामिछानेले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । चितवनबाट आफूलाई पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको आरोप उनले लगाएका छन् भने चितवन प्रहरीले भने त्यसको खण्डन गरेको छ । प्रहरीले लामिछानेको बयान लिने क्रममा रास्वपाका कार्यकर्ताहरूले ढुँगा प्रहार
गरेर अनुसन्धानलाई प्रभावित पार्न खोजिएको हुनाले बयानकै क्रममा प्रहरी र सरकारी वकिल कार्यायमा ढुँगा प्रहार गरिएको थियो भन्दै प्रहरीले भीडलाई नियन्त्रण गर्न प्रहरी अश्रुग्यास प्रहार गर्न बाध्य भएको प्रहरीको भनाई रहेको छ । लामिछानेको बयान सकिएपछि पोखरा लैजान मौसम अनुकूल नभएको हुनाले उनलाई सडकमार्गबाट पोखरा लगिएको प्रहरीको भनाई रहेको छ । रास्वपाका नेता तथा कार्यकर्ताहरू भने रविमाथि सरकारले प्रतिशोध लिएको आरोप लगाउँदै आएका छन् । रविलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले जता लगेपनि रास्वपाका कार्यकर्ताहले अवरोध गर्ने प्रयास गरेजस्तो देखिएको छ । रविमाथि काठमाडौं चितवन पोखरा वीरगञ्ज र रुपन्देहीका सहकारीहरूको रकम अपचलन गरेको संसदीय छानविन समितिले गरेको छानविनबाट प्रष्ट देखिएको हुनाले उनीमाथि अनुसन्धान भइरहेको अवस्थामा उनी अदालतको अनुमतिमा प्रहरी हिरासतमा पुगेका हुन् । रास्वपाले समेत अनुसन्धानलाई छिटो टुँगयाउन आग्रह गर्नुको बदला भिडतन्त्र जम्मा गरेर अनुसन्धानलाई प्रभावित पार्न सडकमा कार्यकर्ता उतारेर विरोध प्रदर्शन गर्न‘ कानुनी राज्यको उपहास बाहेक अन्य केही हुन सक्दैन । कानुनी राज्यमा जोसुकै हुन् जुनसुकै पदमा बसेका उनीहरू दोषी देखिएमा कारबाही हुनैपर्दछ । कानुन सबैका लागि बराबरी भन्ने सिद्धान्तलाई रवि र रास्वपाले स्वीकार गर्न सकेको जस्तो देखिएको छैन । रास्वपा गठन गर्दा विकास, सुशासन र न्याय सर्वसुलभ रुपमा
पाउनुपर्ने रास्वपाले उठाएको मुद्दाहरू थिए । तर, अहिले रास्वपाले आफैँले उठाएका मुद्दाहरूलाई वेवास्ता गर्दै भीडतन्त्र बाटै न्याय पाउने जस्तो व्यवहार देखाएको छ । भीडतन्त्रले न्याय दिन सक्दैन त्यही कारणले गर्दा रवि र रास्वपाले न्यायलयमाथि विश्वास गर्नैपर्दछ । विधिको शासनमा विश्वास गर्नैपर्दछ । संसदीय छानविन समितिको प्रतिवेदनमा उनीमाथि अनुसन्धान हुनुपर्ने प्रष्ट रुपमै उल्लेख गरिएको र सो समितिमा रास्वपाका सांसद पनि सदस्य रहेकाले गर्दा रवि निर्दोष छन् भनेर सडकमा भीडतन्त्र जम्मा गर्नु रास्वपाकै लागि आत्मघाती कदम हुन सक्छ ।
चितवनबाट पोखरा लैजाने क्रममा रविले नै सडकमार्गबाट जान चाहेका थिए भने प्रहरीको भनाईरहेको छ । सडक मार्गबाट जाँदा आफ्नो पक्षमा भीड जम्मा हुन्छ भन्ने विश्वास उनलाई लागेको थियो तर भीड जम्मा नभएपछि रविले भ्रम फैलाएको प्रहरीको भनाई छ ।

एक्लाएक्लै निर्वाचन लड्न जनताको सन्देश
यस पटकको स्थानीय तहको उपनिर्वाचनमा जनताले अझैपनि ठुला भनिएका दलहरू नेपाली कांग्रेस–नेकपा एमाले र माओवादी केन्द्रलाई नै मूलधारका पार्टी भनि अनुमोदन गरेका छन् ।

समग्रमा यस निर्वाचनमा जनताले ठुला भनिएका दलहरूप्रति उनीहरू सच्चिएर आउने विश्वास गर्दै जनताको हितमा काम गर्ने विश्वास गरेको जस्तो देखिएको छ भने नयाँ दलहरूलाई आफ्नो कार्यशैली परिवर्तन गरी सोँच र प्रवृत्तिमासमेत सुधार गरी विकल्पका रुपमा अघि बढ्न स्पष्ट रुपमा सन्देश दिएका छन् ।

राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको भएपनि जनताले अर्को विकल्प नभएकाले गर्दा पुरानै लदहरूलाई मतदान गर्दै जनताको पक्षमा काम गर्न सन्देश दिएका छन् ।

२०७९ को स्थानीय तहमा भएको निर्वाचनमा जुन पार्टीले जितेको थियो त्यस्ता क्षेत्रमा वा स्थानीय तहमा यस पटक जनताले त्यही पार्टीलाई रोजेनन् उनीहरूले अर्को पार्टीका उम्मेदवारलाई जिताएका छन् ।

दलहरू एक्लाएक्लै निर्वाचन लड भन्ने स्पष्ट सन्देश समेत जनताले दिएका छन् । यसपटकको निर्वाचनमा दलहरूको हैसियत समेत प्रष्ट रुपमै देखिएको छ ।

माओवादी केन्द्रलाई कांग्रेस, एमाले बाहेकका दलका समर्थनहरूले मत दिएका हुनाले माओवादी केन्द्रको केही सुधार देखिएपनि वास्तविक रुपमा त्यो मत माओवादी केन्द्रप्रति आकर्षित भएर दिएको मत होइन ।

माओवादी केन्द्रलाई कांग्रेस–एमालेप्रति रोष प्रकट गर्ने जनताको मत परेको छ भने कांग्रेस–एमालेले पाएको मत उनीहरूकै समर्थकहरूको मत रहेको जस्तो देखिएकोले गर्दा माओवादी केन्द्र हौसिनुको कुनै औचित्य छैन ।

२०७९ मा कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लड्दा समेत उसले सन्तोषजनक परिणाम ल्याउन सकेको थिएन ।

संघीय संसदको गएको निर्वाचन मओवादीले प्रत्यक्षतर्फ जम्मा १८ सिटमा मात्र जित हाँसिल गरेकाले गर्दा उसको जनमत क्रमश २०६४ र २०७४ को भन्दा घट्दै गएको छ ।

एक्लाएक्लै निर्वाचन लड्दा माओवादी सकिन्छ भन्ने भाष्य बनाएको भएपनि त्यो भाष्य भने पराजित भएको खबर अभियान साप्ताहिकमा छ ।

माओवादी केन्द्रका उम्मेदवारहरूलाई क्षेत्र हेरेर एकीकृत समाजवादी लगायतका दलहरूले समर्थन गरेका भएपनि त्यस्ता निर्वाचन क्षेत्रमा माओवादी पराजित भएको छ ।

जनताले प्रष्ट रुपमा राजनीतिक दलहरूलाई आ आफ्नो खुट्टामा उभिएर एक्लै निर्वाचन लड्न प्रष्ट रुपमा यस पटक सन्देश दिएका छन् ।

प्रतिक्रिया