December 23, 2024, 4:34 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

राष्ट्रपति पौडेलले गरे पाँच देशका राजदूत नियुक्त

मंसिर २८, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन्।  राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल,स्पेनका लागि सनिल नेपाल,दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ,बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत  नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया