December 12, 2024, 8:54 pm
» ठगी धन्दामा सिन्धुपाल्चोक युवा संघ नेपालका सचिव समेत संलग्न : दुई जना पक्राउ » स्काउटसँग जोडेर ऊर्जामन्त्रीमाथि लगाइएको आरोप गलत » टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा » अदालतले छाडे लगत्तै दुर्गा प्रसाईं फेरि पक्राउ परे » प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

ठगी धन्दामा सिन्धुपाल्चोक युवा संघ नेपालका सचिव समेत संलग्न : दुई जना पक्राउ

मंसिर २७, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौँ । सस्तो मूल्यमा डलर साटिदिने लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा एमाले भातृ संगठन युवा संघ नेपाल  सिन्धुपाल्चोकको जिल्ला सचिव समेत रहेको  बाह्रबिसे नगरपालिका वडा न. ६ घर भएका ३७ वर्षीय विकाश श्रेष्ठ छन । उनी बाह्रबिसे नगरपालिकाका पुर्व नगर प्रमुख निमफुन्जो शेर्पाका राइट ह्यान्ड समेत हुन उनी संगै  ५५ वर्षीय दिल बहादुर श्रेष्ठ छन् । विक्रमलाई  सूर्यविनायकबाट र दिल बहादुरलाई  नलिन्चोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए ।
उनीहरुले मंसिर १३ मा चाँगुनारायण नगरपालिका–४ स्थित डी गाउँमा बोलाएर मिना तामाङबाट ६ लाख ५० हजार लुटेका हुन् ।
ओखलढुंगा घर भएकी ४१ वर्षीया मिना तामाङले जग्गा बेचेको सूचना पाएका आरोपीहरूले निरन्तर पछ्याएर सस्तोमा डलर साटिदिने र सो डलर बेचेर महँगो मूल्य लिन सकिने प्रलोभन दिएर चाँगुनारायण बोलाएर लुटेका थिए । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।

प्रतिक्रिया