February 25, 2025, 6:56 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

मंसिर २७, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौं – नवनियुक्त नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चीन सरकारका उच्च अधिकारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्‌ ।

चीनको विदेश मन्त्रालय अन्तर्गत शिष्टाचार विभागका उपमहानिर्देशक ली जिनजिनलाई उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन्‌ । नेपाली राजदूतहरूले यसअघि पनि चीनको सोही विभागका उपमहानिर्देशकलाई ओहदाको प्रमाणपत्र बुझाउने गरेका थिए ।

विभागका उपमहानिर्देशक जिनले चीनका लागि नेपालका राजदूतका रुपमा ओलीलाई स्वागत गरे । साथै; सफल कार्यकाल निम्ति शुभकामना पनि दिए ।

राजदूत ओलीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको सिफारिसमा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गएको कात्तिक २५ गते चीनका लागि नेपाली राजदूत नियुक्त गरेका थिए ।

प्रतिक्रिया