February 24, 2025, 1:37 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

अदालतले छाडे लगत्तै दुर्गा प्रसाईं फेरि पक्राउ परे

मंसिर २७, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।

आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार अब आपराधिक लाभसबन्धी मुद्दामा थप अनुसन्धान हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए।

जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पक्राउ परेका हुन्।

प्रतिक्रिया