काठमाडौं, । गृह सचिव गोकर्णमणि दुवाडीकै कारण गृह प्रशासन फितलो बन्न पुगेको छ ।
प्रहरी प्रशासन चलायमान हुन सकेको छैन । गृहसचिवले प्रहरी प्रशासनभित्रको सुधार गर्नुपर्ने कामहरु गर्नसकेका छैनन्।
गृहसचिव दुवाडीकै लापरवाहिले गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा लामो समयदेखि बढुवा रोकिएको छ ।
राजनीतिक भागबण्डाले गर्दा प्रहरीभित्रको मनोबल खस्किएको छ । प्रहरी संगठनलाई चाहिने हात हतियार खरिद प्रक्रिाय अलपत्र परेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राइट म्यान राइट टु प्लेस जिम्मेवारी पाएका छैनन् ।
प्रहरीमा लामो समयदेखि दर्जन बढि एसएसपी पद रिक्त रहेको छ । सशस्त्र प्रहरीमा डिआईजी रिक्त भएको धेरै भयो ।
सरुवा,बढुवा अन्योलमै परेको छ । यी यस्ता कारणले गर्दा प्रहरीभित्र सरुवा बढुवामा समस्या परिरहेको छ । गृहसविच दुवाडी बदनाम हुँदै गएका छन् ।
गृहमन्त्री र सचिव दुवाडी असक्षम रहेको प्रहरीहरुको गुनासो छ । प्रहरी संगठनहरु ध्वस्त हुँदै गएका छन् ।
गृहमन्त्रालय राजनीतिक दलहरुको छत्रछायाँमा पर्ने गरेको र प्रहरी सरुवा बढुवादेखि प्रहरीको रासन खरिद, लत्ताकपडा खरिद लगायतमा भ्रष्टाचार हुँदै आएको समाचार छ ।
सो भ्रष्टाचार अहिले पनि कायमै रहेको छ । गृहमन्त्री रमेश लेखकले प्रहरीभित्रको विकृति र विसंगति र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकेका छैनन् ।
प्रहरी सरुवा र बढुवाको लागि अन्तैको इशारामा गृहमन्त्री लेखक चल्ने गरेका छन् ।
गृहमन्त्रालयले गर्नुपर्ने कामहरु गर्न सकेको छैन । दुवै प्रहरी संगठनहरुले सुरक्षाको लागि थप हतियार किन्न सकेको छैन ।
हतियारकै अभावले गर्दा प्रहरीहरुले राम्रोसँग सुरक्षा दिन सकेका छैनन् ।
सुरक्षा निकायभित्र पनि नातावाद र क्रिपावाद हावी हुँदा प्रहरी संगठनहरु चलायमान हुन सकेको छैन ।
प्रहरी संगठन चलायमान हुन नसक्दा सुरक्षामा कमी आएको छ ।
आइजीपी बसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्रको विकृति र विसंगतिलाई रोकथाम गर्न चालको कदमलाई शक्ति केन्द्रले बाधा पुर्याएको छ । सशस्त्र प्रहरीमा पनि पछिल्लो समय उस्तै समस्यामा गाजिएको छ ।
प्रतिक्रिया