December 12, 2024, 10:50 am
» कमलादीको कलभर्ट उद्घाटन : यातायात आवागमन बन्यो सहज » सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई » वीरगञ्जबाट डिजेल आयात घट्यो » डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ » अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई

डलर देखाई प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ

मंसिर २७, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं,: डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपलिका-९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिल बहादुर श्रेष्ठ रेहका छन् ।

भक्तपुरचाँगुनारायण नगरपालिका-४ डि गाउँस्थित एकान्त ठाउँमा गत मंसिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका-९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्स एप मार्फत अमेरीकी डलर सटही दर रेट भन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ ६ लाख ५० हजार नेपाली रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट स्कुटर १ थान र मोबाइल ४ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।

प्रतिक्रिया