February 23, 2025, 3:28 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

मंसिर २७, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गतको खेलमा विराटनगर किङ्सलाई पोखरा एभेन्जर्सले सुपर ओभरमा पराजित गरेको छ ।

पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् ।

उनले सुपर ओभर बलिङमा आएका विराटनगर किङ्सका सन्दीप लामिछानेलाई चुटे । उनले सन्दीपलाई पहिलो र दोस्रो बलमा छक्का हाने।

त्यसपछि तेस्रो बलमा रन नलिएका उनले चौथोमा चौका तथा पाँचौँ र छैटौँमा १/१ रनसहित जम्मा १८ रन बनाउन सफल भए ।

सुपरओभरमा १८ रनको लक्ष्य विराटनगर किङ्सले पूरा गर्न सकेन ।

विराटनगरका लागि मार्टिन गप्टिल र निकोलाश किर्टनले सुपर ओभरको तीन बलमा तीन रन मात्रै हाने । चौथो बल डट रहँदा पाँचौँ बलमा १ रन आयो । छैटौँ बल वाइड हुँदा विराटनगरले थप एक रन जोड्यो । अन्तिम बलमा १ रन मात्रै ल्याएपछि पोखराले सुपरओभरमा विराटनगरलाई हराउन सफल भयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । यो एनपीएलको पहिलो टाइ म्याच सुपरओभरमा जाँदा पोखराले बाजी मारेको हो ।

प्रतिक्रिया