काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको पावरप्लेमा विराटनगरले दुई विकेट गुमाएको छ ।
पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए ।
१४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभर तीन बलमा आउट गरेका हुन् ।त्यसैगरी दोस्रो विकेटको रुपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भएका हुन् । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।
प्रतिक्रिया