December 23, 2024, 5:39 am
» एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस » चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान » तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

रास्वपा र माओवादीका केही नेताहरुले मलाई सहकारी ठग बनाइदिएः ऋषिकेश पोखरेल

मंसिर २६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले आफूलाई सहकारी ठग बनाइदिएको बताएका छन् ।

हिजो प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमसँग संवाद गर्दै उनले रास्वपाका ५ जना पदाधिकारी र माओवादीका केही नेताहरुले आफूलाई बदनाम गराउने उद्देश्यले सहकारीसँग जोडेर प्रचार गरेको बताएका हुन् ।

नेता पोखरेलले उमा गौरी कृषि सहकारीमा आफ्नो र आफ्नी श्रीमतीको लगानी नरहेको बताए । आफ्नो एक रुपैयाँ पनि लगानी नरहेको र ऋण पनि नलिइएको उनले दाबी छ । ‘

मेरो फोटो देशभरी कुदाउन निर्देशन दिने रास्वपाका ५ जना पदाधिकारी, अनि मेरा नाममा अन्तर्वार्ता दिने माओवादीका ठूला नेताहरु । मेरो चाहीँ ३ पुस्ताको छानविन गरौं र उहाँहरुको चाहीँ एक पुस्ताको छानविन गरौं न ।’

उनले भने, ‘यो देशमा भ्रष्टाचारी र अपराधि को रहेछ । सुन तस्कारको हेडमास्टरले मलाई भ्रष्टाचारी भन्छ यार, गजब लाग्छ । सुन्दा सुन्दा म वाक्क भइसकेँ । यसरी जबरजस्ती भन्न पाइन्छ त ?’

साथै, उनले अहिले त्यो सहकारीमा व्यापक अनुसन्धान भइरहेको बताए । प्रहरीले त्यो सहकारीको सम्पूर्ण वस्तु लगेको र अनुसन्धान हुँदै गरेको विषयमा आफू अराजक हुन नहुने बताए ।

आफूले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा रहेर गरेको निर्णयले धेरै विचौलियाहरु विच्किएको उनको आरोप छ । आफ्नो अपराध लुकाउनका निम्ति माओवादी र रास्वपाका नेताहरुले आफूविरुद्ध ६ महिना निरन्तर विज्ञापन गरेको उनले बताए ।

‘विज्ञापन आएको छ महिना भयो । ऋण लिएको कुनै प्रमाण सार्वजनिक भयो ? उहाँले कसैलाई ऋण दिएको प्रमाण अहिलेसम्म केही चिज छ त ? किन नल्याएको त ?

म नै हो संसद्मा पहिलोचाटी सहकारीमा समस्या छ, सहकारीको विषय छानविन गर्न आवश्यक छ भन्ने पहिलो सांसद मै हो,’-उनले भने, ‘….धेरै कुरा पनि परेन । जम्म एक लाइन कुरा छ ।

कहाँ, कहिले, कति कुनै न कुनै चिज त आउनुपर्यो होला नि त । सार्वजनिक लेखा समितिले गदैै गरेको निर्णयलाई डिस्टर्ब गर्नका निम्ति गरेको यो प्रायोजित विषय हो ।’

पोखरेलकी श्रीमती अञ्जला कोइराला सो सहकारीको पूर्व सञ्चालक हुन् । उक्त सहकारीले बचतकर्ताको १४ करोड ५६ लाख हिनामिना गरेको आरोप छ ।

सो सहकारी ठगीका सन्दर्भमा अञ्जलालाई प्रतिवादी नबनाइ १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रतिक्रिया