September 16, 2024, 8:22 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

नेप्से परिसूचक ६१ अंकले बढ्यो, सेयर कारोबार १५ अर्ब नाघ्यो

साउन ६, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ६१ . ६१ अंकले बढेर २४८५.८४ विन्दुमा कायम भएको हो ।

आजै प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयर बजारले विस्तारै आफ्नो लय लिने विश्वास व्यक्त गरेका थिए। कांग्रेस- एमालेको नयाँ सरकार गठन भएसँगै लगानीकर्ताहरू उत्साहित भएका छन्।

आज ३१५ स्क्रिप्सको ४ करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर १ लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्रीमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँमा कारोबार भएको छ ।

यसदिन व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै ६ . ८० प्रतिशतले बढेको छ । बैंकिङ ३.८६, विकास बैंक १.४१, वित्त १.५१, होटल तथा पर्यटन ४. २१, जलविद्युत् १.३७ र लगानी समूह २.६८ प्रतिशतले बढ्यो।

युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड,समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ ।

यसदिन सिकलेस हाइड्रावारिका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। कारोबारमा आएका १८१ स्टकको मूल्य बढ्दा ५६ वटाको घट्यो । पाँच स्टकको मूल्य भने आज स्थिर रह्यो।

प्रतिक्रिया