November 26, 2024, 10:44 am
» BP Koirala Cancer Hospital provides treatment to children free of cost » Govt committed to forward broader scheme of social security: PM Oli » कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो » दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो » पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु

घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

मंसिर ११, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताए ।

बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८–७९ मा आठ सय ४७, २०७९-८० मा छ सय ७७, २०८०-८१ मा तीन सय ९२ र आव २०८१-८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताए ।

उनका अनुसार आव २०७८-७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । दश वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।

आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले बताए ।

प्रतिक्रिया