November 26, 2024, 9:52 am
» दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो » पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु » धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर » सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति आवश्यक : स्वास्थ्य मन्त्री » सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङघ

रविलाई आज पोखराबाट काठमाडौं ल्याइँदै

मंसिर ११, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।

उनलाई बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो ।। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ।

कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ ।

यसअघि उनले बुटवलको सुप्रिम सहकारी बचत अपचलनको आरोपमा रुपन्देहीमै बयान दिइसकेका छन्।

गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया