February 26, 2025, 2:52 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति आवश्यक : स्वास्थ्य मन्त्री

मंसिर ११, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी नीति अपनाउनु्पर्ने बताएका बताएका छन्। ७ औं सामाजिक सुरक्षा दिवसका अवसरमा  आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने विषयमा सरकारले प्रभावकारी नीति अपनाउन आवश्यक रहेको बताएका हुन्।

उनले सामाजिक सुरक्षाको अवधारणलाई मूर्तरुप दिन तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित रहेको बताए। मन्त्री पौडेलले सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउनुपर्ने बताए। ‘सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराइ उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनिकरण गर्ने,सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणलाई मूर्तरुप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषका कार्यक्रम लक्षित छन्,’उनले भने,’आगामी दिनमा औपचारिक क्षेत्रमा श्रमिकलाई पूर्णरुपमा समाहित गरी  थप श्रमिकको मद्दत गर्ने क्षमता बढाउँदै लैजानुपर्छ।’

हरेक श्रमिकको जीवनमा जोखिम व्यवस्थापन गर्ने प्रणाली स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ।  औपचारिक, अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि कोषमा आवद्ध गर्न लागिएको उनले जानकारी दिए।मन्त्री पौडेले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई श्रमिक ऐनले समेट्न नसकेको बताउँदै केही सुधारका काम गर्नुपर्ने बताए।

प्रतिक्रिया