पाकिस्तान,
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौँको समर्थनमा प्रदर्शन भएको छ । हजारौँको सहभागितामा भइरहेको प्रदर्शन राजधानी इस्लामावादतर्फ अघि बढेको छ । जेलमा रहेका इमरान खानको अपिलमा आइतबारदेखि प्रदर्शन सुरु भएको हो । इमरानले यस विरोधलाई ‘फाइनल कल’ भनेका छन् ।
प्रदर्शनलाई रोक्न प्रहरीले इमरानका चार हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । जसमा पाँच सांसद पनि छन् । यसैबीच, पाकिस्तानमा जारी विरोध प्रदर्शनले विश्वभरबाट समर्थन पाएको छ । विश्वका ६० भन्दा बढी सहरमा पीटीआईका समर्थकले इमरान खानको रिहाइको माग गरिरहेका छन् । पीटीआईले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा क्यानडा, अमेरिका, बेलायतका धेरै सहरका प्रदर्शनका तस्बिरहरू सेयर गरेको छ ।
प्रतिक्रिया