February 26, 2025, 4:16 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

बीआरआई कार्यान्वयनको निर्णय गर्ने जिम्मा ओली-देउवालाई

मंसिर १०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं, 

बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्ताव तयार भएको छ ।

नेपाल सरकारले चीनको प्रस्तावलाई शब्द-शब्द अध्ययन गरी समीक्षा र परिमार्जन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विकास सल्लाहकार डा। युवराज खतिवडा सम्मिलित कार्यदल बनाएको थियो । त्यो कार्यदलमा विज्ञ सदस्यका रुपमा अधिवक्ता सेमन्त दाहालले काम गरिरहेका छन् ।

कार्यदलले चिनियाँ प्रस्तावलाई अध्ययन गरी त्यसमा गर्नुपर्ने संशोधनमा कार्यदल सदस्यबीच सहमति भएको एक उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो । त्यसमा आवश्यक संशोधन गरी नेपालका तर्फको प्रस्तावको मस्यौदा तयार गरी परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गइसकेको पनि स्रोतले जानकारी दियो ।

प्रतिक्रिया