February 26, 2025, 4:19 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

राईले सम्हाले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार

मंसिर १०, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

काठमाडौं – परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायम मुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन् । उनले आइतबार मन्त्रालयको कायम मुकायम सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले उनलाई कायममुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी लम्सालको संसदीय सुनुवाइ पनि भइसकेको छ।

प्रतिक्रिया