November 24, 2024, 10:34 am
» अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की » Gold price up Rs 1,700 per tola » जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली » नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख » जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

मंसिर ९, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

पोखरा– सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको छ ।

सोही प्रकरणमा लामिछानेसहित छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालतमा लगिएको छ । यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण प्रकरणमा  कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेमाथि यसअघि तीनपटक म्याद थप भइसकेको छ ।

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।लामिछानेलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया