November 23, 2024, 12:35 am
» एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता » मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् » क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी » लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा » बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

तीन देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

मंसिर ७, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नव नियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्यूजील्याण्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नव नियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया