November 22, 2024, 7:19 pm
» एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता » मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् » क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी » लुम्बिनी पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, गरे विशेष पूजा » बिआरआईमा अनुदान मात्र स्वीकार्यः नेता निधि

नयाँ आन्दोलनको उद्घोष, अध्यक्ष दाहालको फेरि सत्तामा पुग्ने कुटिल चाल !

मंसिर ७, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माणका बेला आफ्नो पार्टीले फरक मतका रुपमा राखेको शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानका मुद्दाका लागि नयाँआन्दोलन अघि बढाउने उद्घोष गर्दै आएका छन् ।

मुलुकको तीन तीन पटक प्रधानमन्त्री भैसकेका व्यक्तिले फेरी नयाँ आन्दोलनको उद्घोष गर्नु आफ्नो असफलता र असक्षमता लुकाउने प्रयास बाहेक अन्य केही हुन सक्दैन । सत्ता गुम्दाको पिडालाई भुल्न नसकेका
दाहालले फेरी जनतालाई झुक्याउनै लागि र जनतामा भ्रम छर्नका लागि नयाँ नयाँ नारा दिने गरेका छन् ।

कुनै बेला भारतका विरुद्ध सुरुङ युद्ध गर्ने उद्घोष गरेका दाहाल यतिबेला भारतकै गुणगान गाउन लागि परेका छन् । त्यसको प्रत्यक्ष प्रमाण हो हालै भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी ओलीले चिनियाँ कार्ड फालेर भारतको भन्दा पहिला चीनको भ्रमण गर्न‘ भनेका थिए ।

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न मुलुक हो । नेपाल आजसम्म कसैको गुलाम भएको छैन । स्वतन्त्र मुलुकको हैसियतले र सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले त्यस देशका प्रधानमन्त्री जता सहज हुन्छ त्यतै पहलिा भ्रमणमा जान्छन् ।
पहिला भारतकै भ्रमण गर्नुपर्दछ भन्ने छैन ।

भारत र चीन नेपालका उत्तिकै महत्वपूर्ण छिमेकी मुलुक दाहाल नै प्रधानमन्त्री रहेका र माओवादी केन्द्रकै नेता रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला एनसेलको सेयर
खरिद विक्रि भएको थियो । अहिले आएर दुर्गा प्रसाईले शतिसलाल आचार्य भनेका केपी ओली नै हुन् भने अफवाह फैल्याउनुमा माओवादी केन्द्रका केही नेताहरूको संलग्नता हुन सक्ने आशंका समेत जन्मिएको छ ।

प्रसाईले त्यस्तो उद्घोष गर्नु अघि पुष्पकमल दाहालले आफ्नो पार्टीको संघीय संसदमा जादुमयी संख्या रहेको र आफू संसदको यहि कार्यकालमा फेरी प्रधानमन्त्री बन्न सक्ने उद्घोष गरेका थिए ।

दाहालले केही दिन पहिला आफ्नो पार्टी ओली नेतृत्वको सरकार ढाल्न नलाग्ने र २०८४ सम्म यहि सरकार चलोस् भन्ने उद्घोष समेत गरेका भएपनि एक हप्ता नवित्दै दाहालले आफ्नो बोली फेर्नु र प्रसाईले प्रधानमन्त्रीमाथि त्यस्तो आरोप लगाउनुको अर्थ के ? प्रसाईले केपी ओलीले कम्बोडियाको दुरसञ्चारमा लगानी गरेको प्रमाण ल्याउन आफूले १ करोड ११ लाख रुपैँया खर्च गरेको सार्वजनिक रुपमै बताइसकेका हुनाले अब त्यसमाथि समेत अनुसन्धान हुन आवश्यक छ ।

प्रधानमन्त्री ओलीको नागरिकता समेत प्रसाईले सार्वजनिक गरेका थिए । प्रधानमन्त्री ओलीको सही भन्दै सही समेत सार्वजनिक गरेका भएपनि त्यो सही नक्कली भएको साइबर व्युरोको अनुसन्धानले देखाएको छ । यसरी मुलुकको प्रधानमन्त्री रहेको व्यक्तिलाई तथानाम गाली गर्दै नागरिकता र सही समेत किर्ते गर्नु अपराध मात्र नभएर महाअपराध भएकाले अब त्यसको सत्यतथ्य अनुसन्धान गरी जनताले बुझ्ने भाषामा सत्यतथ्य बाहिर ल्याउनैपर्दछ । जनताको नजरमा राजनीतिक दल र तिनका नेताहरूलाई बद्नाम र अफवाह फैल्याएर जनतामाथि निराशा थप्ने कार्य अब बन्द गरिनुपर्दछ ।

अपराधमा संलग्न भएका जोसुकै भएपनि उनीहरूले दण्ड सजाए पाउनैपर्दछ । कानूनी राज्यमा कानून भन्दा माथि कोही हुन सक्दैनन् । त्यसैले समाजमा अफवाह फैल्याउने र समाजलाई आतंकित पार्ने जोसुकै हुन् उनीहरूलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व र कर्तव्य समेत हो ।

एनसेलको विवाद अहिले पनि कायम भएको र एनसेललाई नेपाल सरकारको मातहतमा नल्याउने चलखेल पुष्पकमल दाहाल प्रधानमन्त्री रहेकै बेला भएको थियो । नेपाल दुरसञ्चार प्राधिकरणको कानुन नै परिवर्तन गरेर दुरसञ्चार प्राधिकरणको अध्यक्ष दाहाल सरकारले परिवर्तन गरेको थियो । अहिले नेपाल दुरसञ्चार प्राधिकरणमा माओवादी निकट रहेका व्यक्ति नै अध्यक्ष रहेका छन् ।

प्रसाईले प्रधानमन्त्री ओलीमाथि लगाएको आरोपका बारेमा दुरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी समेत जानकार हुन सक्छन् ।

उनी सतिशलाल आचार्यको तर्फबाट केही समयसम्म कम्बोडियाको दुरसञ्चारमा सञ्चालक रहेका थिए भन्ने एनसेलको सल्लाहकार समेत रहेका थिए अभियानमा उल्लेख छ । यस प्रकरणमा ओलीमाथि लगाइएको आरोपको बारेमा प्राधिकरणका अध्यक्ष भण्डारीको समेत संलग्नता हुन सक्ने चर्चा समेत चल्न थालेको हुनाले उनिमाथि समेत अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउनु आवश्यक रहेको छ ।

प्रतिक्रिया