November 22, 2024, 2:02 pm
» तीन देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र » लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी » नयाँ बसपार्कमा कार्यान्वयन भएन मेयर बालेनको निर्णय » जोशीलाई बयान सकेर पोखरा फर्काइयो » सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो: मुख्यमन्त्री पाण्डे

सहकारी ठगी : जोशीसँग बयान लिइयो,लामिछानेलाई पनि बयानका लागि ल्याइने

मंसिर ७, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौँ : काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी गरिएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) छविलाल जोशीसँग काठमाडौँ ल्याएर बिहिबार बयान लिइएको छ ।

यही मङ्सिर ४ गते कास्कीबाट काठमाडौँ ल्याइएका जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रवक्ता सीताराम अर्यालले जानकारी दिनुभयो । जोशीसँग बयान लिने कार्य सकिएको उहाँले बताउनुभयो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयान लिन ल्याइएको हो । जोशीसँगै उक्त सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अब लामिछानेलाई पनि बयानका लागि ल्याइने जनाइएको छ । सोही प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा पठाइसकिएको छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर लामिछाने र जोशीलाई बयान लिइसकिएको छ ।

गत आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त सहकारीको रकम अपचलनमा छ सयभन्दा बढी पीडितले जाहेरी दिएका छन् ।

प्रतिक्रिया