February 24, 2025, 9:58 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

जोशीलाई बयान सकेर पोखरा फर्काइयो

मंसिर ७, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंमा पनि बयान लिइएको छ।

स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणको बयान लिन कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई पोखराबाट काठमाडौं ल्याएर बयान लिएपछी पुनः पोखरा नै फर्काइएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो। प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेकोमा हिजो बयान सकेर आज फिर्ता पठाइएको हो।

जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि भोली शनिबार काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ।

विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।

प्रतिक्रिया