February 26, 2025, 5:50 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी

मंसिर ७, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले लामिछानेसहित १० जनाविरुद्ध पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

रविसहित १० जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी सस्थाका बचतकर्ताले दुइदिन अघि चितवन प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधार चितवन प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

 


न्यूज

प्रतिक्रिया