November 22, 2024, 1:07 am
» इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी » घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी » हवाईभाडा अनुगमन कार्यदल गठन » चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि » स्याङ्जामा एक जनाको शव फेला

हवाईभाडा अनुगमन कार्यदल गठन

मंसिर ६, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं – अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ । उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया