काठमाडौं,। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।
प्रहरी कार्यालय चितवनका अनुसार सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताहरुले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् ।
सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ ।
सो सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् ।
प्रतिक्रिया