काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघले आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६३ हजार कायम भएको जनाएको छ।
मंगलबार एक तोला सुनको मूल्य १ लाख ६२ हजार १०० रुपैयाँमा पुगेको थियो। त्यसअघि सोमबार प्रतितोला चाँदी १ लाख ६१ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। आज चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया