December 3, 2024, 5:15 pm
» दक्षिण कोरियाको संसदमा पसे सैनिक, छानामा बस्यो हेलिकोप्टर » कालीगण्डकी कोरिडोर एक साता बन्द हुने » साउदी अरेबियामा सन् २०२४ मा ३०० भन्दा बढी मृत्युदण्ड » रामजानकी विवाहपञ्चमी : अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती » चितवनमा आज रविको बयान लिइयो, भोलि पनि जारी रहने

बलात्कारको आशङ्कामा नर्वेकी युवराज्ञीका छोरा पक्राउ

मंसिर ५, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

नर्वेकी युवराज्ञी मेट्ट-का २७ वर्षीय छोरालाई बलात्कारको आशङ्कामा पक्राउ गरिएको नर्वेली प्रहरीले मङ्गलबार जनाएको छ ।

मेट्टे-मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट जन्मेका मारियस बोर्ग होइबीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

“प्रहरीले बलात्कार बारेमा भन्नसक्ने कुरा के हो भने यो संभोग बिनाको यौन कार्यसँग सम्बन्धित छ, पीडितले उक्त कार्यको प्रतिरोध गर्न असमर्थ भएको बताइएको छ”, उनीहरूले भने ।

पछिल्लो बयानमा, प्रहरीले संदिग्धको घरको खोजी गरेको र ‘जफत’ गरेको बताएको छ ।

बोर्ग होइबीलाई शाही दम्पतीले आफ्ना सौतेनी भाइबहिनी राजकुमारी इन्ग्रिड अलेक्जान्ड्रा (२०), राजकुमार सेभेरे म्याग्नस (१८) सँग हुर्काएको थियो तर उनको कुनै आधिकारिक सार्वजनिक भूमिका छैन ।

अगस्ट ४ मा ओस्लो अपार्टमेन्टमा उनीसँग सम्बन्ध राखेको एक महिलाको रातको विवादपछि शारीरिक क्षतिको आरोप लागेको केही महिनापछि बलात्कारको गिरफ्तारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यतिबेला महिलाको शयनकक्षको एउटा भित्तामा चक्कु गाडिएको पाएको नर्वेका सञ्चारमाध्यमका रिपोर्टहरूले बताएका छन् । निषेधाज्ञा आदेश उल्लङ्घन गरेको आरोपमा सेप्टेम्बरमा पनि उनलाई पक्राउ गरिएको थियो ।

सोमबार पक्राउ गरिएको बेला उनी अगस्टको घटनाको कथित पीडितसँग कारमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले मङ्गलबार अगस्टको घटनासँग सम्बन्धित शङ्कामा अब घरेलु दुर्व्यवहार समावेश भएको बताएको छ ।

उनलाई हिरासतमा राख्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

होइबीको जन्म सन् १९९७ मा मेट्टे-मेरिटको सन् २००१ मा नर्वेको सिंहासनका उत्तराधिकारी युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको सम्बन्धबाट भएको थियो । रासस/एएफपी

 

प्रतिक्रिया