February 24, 2025, 6:10 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

दक्षिण कोरियाको संसदमा पसे सैनिक, छानामा बस्यो हेलिकोप्टर

मंसिर १८, २०८१ मा प्रकाशित | ११५०दर्शक तीव्रखबर

दक्षिण कोरियाली राष्ट्रपतिले सैन्य शासन लागू गरेपछि मुलुक अस्तव्यस्त र अन्यौलग्रस्त बनेको छ।

सेनाले संसदीय र राजनीतिक दलका गतिविधिमा प्रतिबन्ध लगाएको छ।

संसदमा विशेष टुकडीका सैनिकहरु प्रवेश गरेका छन्। संसदको छानामा हेलिकोप्टर अवतरण भएका छन् भने कयौँ हेलिकोप्टरले वरिपरिको आकाशमा फन्को मारिरहेका छन्।

राजधानी सोलका बासिन्दा मुठभेडको आशंकाले त्रसित् भइरहँदा विपक्षी डेमोक्र्याटिक पार्टीले आफ्ना सबै सदस्यहरुलाई संसदमा भेला हुन आह्वान गरेको छ।

संसद भवनबाहिर ठूलो भीड जम्मा भएको छ। सो क्रममा धक्कामुक्की भएको बताइएको छ।

हाल करिब ७० सांसद संसद् भवनभित्र रहेको बताइएको छ। सभामुख आइपुगेपछि उनले सैन्य शासन हटाउन मतदान गराउने सांसदहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया