February 26, 2025, 6:43 am
» अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

चितवनमा आज रविको बयान लिइयो, भोलि पनि जारी रहने

मंसिर १८, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

चितवन, 

सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि चितवन ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ ।
मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ साढे ४ बजे स्थगित गरिएको सरकारी वकील कार्यालय चितवनका न्यायधिवक्ता शान्तिराज लुँइटेलले जानकारी दिए ।

आजको बयान साँझ साढे ४ बजेसम्म गरेर स्थगित भयो । भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुन्छ’–उनले भने । पहिलो दिन प्रारम्भिक प्रश्नमात्र गरिएको न्याधिवक्ता लुँइटेलले जानकारी बताए । ‘अहिले हामी प्रारम्भिक प्रश्नमा मात्र छौँ’, उनले भने ‘भोलि गहिराइमा गएर बयान लिन्छौँ ।’ उनका अनुसार लामिछानेसंग लिखित बयान लिइएको छ । सरकारी वकील र अनुसन्धान अधिकृतले सयुंक्त बयान लिएका छन् । सकेसम्म भोली बयान सक्ने तयारी भएको उनले बताए ।
सहकारी ठगी, सड्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाण्डौँबाट आज मंगलबार बिहान चितवन ल्याइएको थियो । प्रहरीले उनलाई विमानस्थलबाट प्रहरी कार्यालय लगेर बयानका लागि सरकारी वकीलको कार्यालय लगिएको थियो ।
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो । रविका समर्थकले भरतपुरमा प्रद्र्धशन गरेका थिए ।

प्रतिक्रिया