काठमाडौं । गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । नुसेरात र अल-बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ ।
आक्रमणमा करिब ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता छन् । लक्षित भवनहरूमा दर्जनौँ विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया