November 22, 2024, 8:42 am
» नयाँ आन्दोलनको उद्घोष, अध्यक्ष दाहालको फेरि सत्तामा पुग्ने कुटिल चाल ! » जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ » एमालेको जागरण सभा : भद्रकालीबाट निस्किएको र्‍याली दरबारमार्ग पुग्यो, अध्यक्ष ओलीले सम्बोधन गर्दै » नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल » राजधानी अस्तव्यस्त,सर्वसाधरणलाई सास्ती

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

मंसिर २, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-भारत सीमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सौहार्दपूर्ण वातावरण गरिरहेको कार्यका विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण, मानव बेचबिखन नियन्त्रणका साथै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी नियन्त्रणमा सहकार्य गर्न जोड दिनुभयो ।

गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबीका महानिर्देशक अमृत मोहन प्रसाद सहभागी उक्त भेटवार्तामा नेपाल–भारत सीमा क्षेत्रमा आम नागरिकलाई कष्ट नहुने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ध्यान दिनुपर्नेमा गृहमन्त्री लेखकको जोड दिए।

नेपाल-भारत सीमा नाकामा ओहोर दोहोर गर्ने नागरिकहरुलाई मर्यादित व्यवहार गर्न मन्त्री लेखकले आग्रह समेत गरे। ‘नेपाल-भारतबिच सदियौं पुरानो सम्बन्ध रहेको छ,’गृहमन्त्री लेखकले भने,’सीमा सुरक्षा बलले सीमामा गर्ने काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु ।’

भेटवार्तामा महानिर्देशकसहित एसएसबीका उच्च स्तरीय अधिकारीको टोली सहभागी थियो । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्च स्तरीय टोली काठमाडौं आएको हो ।

प्रतिक्रिया