December 24, 2024, 12:36 pm
» रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल » थाइल्यान्डबाट पाँच नेपालीको उद्धार » श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु » देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष बराल » मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

राजनीतिमा फर्किंदै नन्दबहादुर पुन, उपाध्यक्ष बनाउने प्रचण्डको आश्वासन

मंसिर ७, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं,  । दुई सफल कार्यकाल उपराष्ट्रपति हुनु भएका माओवादी केन्द्रका नेता पासाङ्ग भनिने नन्दबहादुर पुन पुनः सक्रिय राजनीतिमा फर्किने तयारी गर्दै गरेको सम्वृद्ध श्रोतले जनाएको छ । उनी उपराष्ट्रपतिबाट अवकाश पाएको डेढ वर्षपछि माओवादी केन्द्रको बैठकमा सहभागिता जनाएर सक्रिय राजीतिको ढोकामा पुगेका छन् ।

सक्रिय राजनीतिको अवसर तथा जिम्मेवारी खोज्दै पुन पार्टीमा जिम्मेवारी पुनः प्राप्त गरे देश, जनता र पार्टी हितमा राम्रो हुने चर्चा जारी छ । यसैबीच नेपाल पत्रकार संघका सभापति डा. मञ्जु रत्न शाक्यले एक विज्ञप्ति मार्फत पूर्व उपराष्ट्रपति पुनको राजनीतिमा फेरि सक्रिय आगमनले पार्टीको कार्यकर्ताहरुमा नयाँ उत्साह, संचार र परिस्थिति अनुकूल हुने बताउनु भएको छ ।

उहाँले निष्कलंक दुई पटक उपराष्ट्रपतिको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु भएको कारण सक्रिय राजनीतिक जीवन व्यवहारिक तवरमा राम्रो गर्ने अपेक्षा गर्नु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले पुनलाई उपाध्यक्ष बनाउने आश्वासन सहित पार्टी बैठकमा बोलाएको खवरलाई सभापति डा. शाक्यले सकारात्मक रुपमा कार्यकर्ताहरुमा प्रभाव पर्ने बताउनु हुन्छ ।

यस अघि सभामुखको कार्यकाल सकेर पार्टीका अर्का नेता माओवादीको उपाध्यक्ष बनेर राजनीतिमा सक्रिय भएका छन् । भनिन्छ उपराष्ट्रपति भइसकेका पुन पनि त्यही वरियतामा बस्ने गरी तयार भएका हुन् । वि.सं. २०७२ कार्तिक १३ गते उपराष्ट्रपति बनेका पुन सात वर्षपछि २०७९ चैत ६ गते पदबाट बाहिरिएका थिए । उपराष्ट्रपतिको कार्यकाल पुरा गरेर फुर्सतमा बसेका पुनलाई उहाँका निकटवर्तीहरुले पार्टीसँग नजिक रही राजनीति र सामाजिक कार्यमा सक्रिय रहन दिएको सुझावलाई सभापति डा. मञ्जु रत्न शाक्यले सकारात्मक ठहऱ्याउनु भएको छ ।

राज्यबाट कुनै सुविधा नलिएका पासाङ्ग तत्कालिन माओवादी जनयुद्ध कालका डेपुटी कमाण्डर भई शान्ति प्रक्रियामा फर्केका थिए । सेना समायोजन हुँदा उहाँले राजनीति रोजेर सक्रिय  राजनीति गर्नु भएको थियो । सभापति डा. शाक्यले सक्रिय राजनीतिमा पुनको आगमन पश्चात माओवादी केन्द्रमा नयाँ उर्जा, उत्साह र जोश कार्यकर्ताहरुमा पलाउने आशा गर्नु भएको अपर्ण साप्ताहिकमा समाचार छ ।

पार्टीलाई बलियो पार्न प्रचण्डले पूर्व उपराष्ट्रपति पुनलाई फेरि सक्रिय राजनीतिमा ल्याउने प्रयासले कार्यकर्ताहरु हर्षित भएको देख्दा राष्ट्रलाई खाँचो परेको बेला जिम्मेवारीविहीन नेता पुनः आफ्नो महत्वपूर्ण जिम्मेवारी लिने बेला आएको सभापति डा. शाक्यको ठम्याई रहेको छ ।

प्रतिक्रिया